Sign up to our newsletter

Get an email notification when new resources are available.

Jack Pransky Part One (Nepali Subtitles)



FavoriteLoadingAdd to favourites

ती तीन  सिद्धान्तहरु के के हुन्?

हर्ष  स्वरुप  त्यो  ठुलो  प्रश्न  हो  सोहि  प्रश्नलाई  प्रष्ट  बनाउन  हामीले  पहिला  हामी  बस्ने   ठाउँमा  जुनै  पनि काम  गरिने  विधिको  नमुना  सृजना  गर्ने,  सिद्धान्त  अथवा  निरन्तरतालाई   बुझाउनु  आवश्यक  छ।

एउटा  सत्य  नमुना (जसले  गर्दा  काम  जहिले  भइरहेको  छ ) निरन्तरमा  आधारित  छ।  मन ,  चेतना  र कल्पनाका   तीन   सिद्धान्तहरु,  सोहि    निरन्तर  हुन्।

गुरुत्वाकर्षण  एउटा  निरन्तर  हो  जुन  हाम्रो  भौतिक  सृष्टिको  जगमा  शक्ति ,  बल  अथवा सिद्धान्तको  स्वरुप वास्तविक छ।  हामीले गुरुत्वाकर्षणलाई   देख्न  नसकेपनि  यसले  हाम्रो  जीवनमा   ध्यान  दिनुपर्ने   असर  पारेको छ।

गुरुत्वाकर्षणको  जति  महत्व  भौतिक  संसारलाई   रहेको  छ , त्यति  नै,  ती  तीन   सिद्धान्तहरुको  महत्व ,  हाम्रो मनोवैज्ञानिक  संसारलाई  रहेको  छ।

गुरुत्वाकर्षणझैँ  ती  तीन  सिद्धान्तहरु , सामाग्रीहरु  नभएर  पर्दा  पछाडी  रहने  शक्ति  अथवा  बलहरु  हुन्  जसले हाम्रो  जीवनको  अनुभवको  सृजना  गरिरहेका हुन्छन्। ती कुराहरु हामीले त्यसबारे  सोच्ने विषय नभएर हामीले सोचिरहने तत्व हुन्।

अर्थात , ती  के  हुन् ? अस्तित्वको   यथार्थ (मन )  अस्तित्वको  चेत  भएको  यथार्थ ( चेतना) अनि  हामीले  बद्लिरहने  अस्तित्वको   चेतलाई  यात्रा  गराउने  प्रकृया (सोचविचार)  हामीले  यसलाई  तीन  विभिन्न  तत्व सोचे पनि  यो  सबै  एकै  चेतनायुक्त  सोचाई  हो।  अर्थात्  यी  तीन  सबै  एकै  हुन्।

यी  तीन  सिद्धान्त  सिक्ने  प्रयास   भनेको  माथिको  धारणाबाट  बाहिर  निस्केर   अन्तरदृष्टि सहित  ती   सिद्धान्त अथवा  बलको  प्रकृति   निरन्तर  रहेको  बुझी  जीवन  चल्ने  प्रक्रियालाई  थाहा  पाउनु  हो।

गुरुत्वाकर्षण (कम्तीमा यस ग्रहमा )   एकै  प्रक्रियामा  काम  गर्ने  गर्छ: वस्तुहरु  तल  जान्छन्। यसमा केहि अपवाद छैन।  यदि कुनै वस्तु फ्रान्समा तल जान्छ भने त्यो भारतमा पनि तल नै जान्छ।  सबै कुरा सबै ठाउँमा गुरुत्वाकर्षणको एकै निस्कृय बल बाट चल्ने गर्दछ (जतिसम्म मलाई ज्ञान छ) अर्थात् यो एउटा नै प्रक्रियाबाट, हरेक समय , सदाबहार  कुनै अपवाद रहित काम गर्ने भएकोले यसलाई निरन्तर भनिएको हो । आइज्याक निउटन ले गुरुत्वाकर्षणलाई बनाएका होइनन्।  उहाले त केवल एक देख्न नसकिने, पहिले देखिको वास्तविकता अर्थात्  भौतिक  सिद्धान्तलाई हाम्रो मन्मस्तिसकमा जारी गराएका हुन्।  त्यसैगरी, सिड्नी बैंकस्ले यी तीन सिद्धान्तलाई बनाएका होइनन्।  उहाले देख्न नसकिने, पहिले देखिको मनोवैज्ञानिक  सिद्धान्त अथवा बललाई  देख्न सक्ने बनाएका हुन्। ती तीन सिद्धान्तहरु मानव अनुभवको भित्री र बाहिरी प्रकृतिको नमुना हुन्। अथवा , हामी कसरी  मनोबैज्ञानिक रूपमा काम गर्छौ भन्ने प्रकृतिको नमुना हो।  अथवा , एक आत्मिक सत्यता हो जसले हामीलाई घर पुराउछ। (कृपया, आफुलाई जून सधर्भशिल लाग्छ त्यहि लिनुहोला)

जहाँ अरु  यस्ता कुराहरुले परिवर्तन तथा  सतर्क भएर राम्रो गर्नु जस्ता  विश्लेषण गर्छन् र हाम्रो मस्तिष्क, सोचाइलाई नियन्त्रण गर्न प्रयास गर्छन् , यी तीन सिद्धान्तहरुको बुझाईले हामी के अनुभव गरिरहेका छौ नबुझाएर, हामी कसरी अनुभव गरिरहेका छौ भन्ने कुरालाई  बुझाउछ।

हराएको जोड्ने विधी वा तरिका

यो  समय  हामीले  विश्व अथवा  “त्यहि चिज ” लाई  अनुभव  नगरेर  केवल  त्यो  विश्वप्रतिको  हाम्रो  सोचाईलाई अनुभव  गरिरहेका  छौ। मानविय  अनुभवलाई  बुझ्न, हराएको  जोड्ने  विधी  वा  तरिका  भनेको  नै  हाम्रो अनुभवमा  सोचविचारको  संग्लनता  रहेको  तथ्य  विस्तार  गर्नु  हो।  जब  हामीले  अनुभव  र  सोचविचार  छुट्टै रहेको  सोच्न  थाल्छौ , हामीले  मौसम , आफ्नो  प्रेमी /प्रेमिका , आफ्नो  अर्थ  ब्यवस्थालाई   आफ्नो  अनुभवको भागीदार  भएको  भनेर दोष  लगाउने  गर्छौ।

तर  हाम्रो  सबै  अनुभव; मौसम , प्रेमी /प्रेमिका  तथा  सोहि  पलको  अर्थ ब्यवस्था  हाम्रो  सोचाविचारबाट  आएको हो।  यस  संसारमा  केहि  बस्तु  अथवा  कोहि  मानिस  परिवर्तन  नभए पनि  हामीले  उनीहरुबाट  आफ्नो सोचविचारले  गर्दा  फरक अनुभव  पाइरहेका  हुन्छौ। हामीले  आफ्नै  संसार  बनाइरहेका  होइनौ  तर  त्यो  आफै, हामीमा, पलको  सोचविचारले  आउने  गर्दछ।

हराएको जोड्ने विधी वा तरिका एक प्रक्रियामा काम गर्ने गर्छ

 एक  जमातमा  सबै  मानिस  एकै  खालको  गीत  सुन्न  सकेपनि  किन  सबैको  विचार  फरक  हुन्छ? किन  एकै खालको  आधुनिक  कला  हेर्दा  सबैको  विचार  फरक  हुन्छ? किन  एक  समूहले एकै खालको चलचित्र हेर्दा विचार फरक हुन्छ?

किनभने, जस्तै; गीत, आधुनिक चित्रकला , चलचित्र  आदिमा  हामीले  आफनै  अनुपम पलको  सोचाईबाट  विचार, अर्थात् , खुशी  दुख , अभिरुची  आदिको  सिर्जना  गरिरहेका  हुन्छौ।  त्यो  बाहिरी  उत्साहले  हामीमा  अनुभवको सिर्जना गर्न  सोहि  उत्साह  हाम्रो  सोचविचारको  छान्नेबाट, एक  कफ्फी  झैँ   पारित  हुनुपर्छ।

जीवन  चल्ने  विधिको  आदर्श  नमुना भनेको,”हाम्रो  बाहिरी  संसारप्रति  आउने  अनुभव  हाम्रो  त्यस  पलको  सोचविचारबाट नै आउने गर्दछ।  ”

हामीले  कुनै  कुराको  अनुभव  गर्न   हाम्रो चेत/ अचेत  सोचविचारको  समावेश  चाहिने  गर्दछ।  यदि  हामीलाई बाहिरी  संसारले  हाम्रो  अनुभव  सिर्जना  गर्छ  र  हाम्रो  सोचविचारको  त्यसमा  भूमिका  छैन  जस्तो  लाग्छ  भने त्यो  सरासर  गलत  हो। जब  हामी  हाम्रो  अनुभवको  सिर्जना, हाम्रो  आफ्नै  सोचविचारबाट  भएको  भन्ने सत्यतालाई बुझ्छौ  तब  हामी  हाम्रो  भावनाको  सत्य  मूलमा  पुग्ने  गर्दछौ।

हामीले सोचौला, यसको महत्व के हो?

मेरो उतर छ , जब   हामीले  हाम्रो  भावना  र  जीवनको  अनुभव (पलको  सोचाई ) कहाँबाट  आएको  सत्य थाह पाउछौ  तब  हामी  अवस्थामा  अधीन  नहुने  जीवनको  अनुभवमा  जागृत  हुन्छौ।

हामी, तपाईले   छुट्टै  संसार  बनाउनुभएको  भन्न  खोजेका  होइनौ।  बरु , तपाईले   आफ्नो  बाहिरी  संसारको  बेगलै अनुभव;अस्तित्वको  यथार्थ (मन )  अस्तित्वको चेत भएको यथार्थ ( चेतना) अनि  हामीले  बद्लिरहने  अस्तित्वको  चेतलाई  यात्रा  गराउने  प्रकृया (सोचविचार) बाट  सिर्जना  गर्नुभएको  भन्न  खोजेका  हौ।

मध्यस्थता

के  गुरुत्वाकर्षणले  केसमा  झर्ने  भनेर  विचार  राख्छ? के  गुरुत्वाकर्षणले  कुनै  राजनीतिक  दललाई  कृपा  गर्छ? गुरुत्वाकर्षणझैँ  यी तीन  सिधान्तहरु  पूर्ण  रुपमा  निस्कृय  हुन्छन र  देख्न  नसक्ने  शक्ति  हुन्  जसले  जीवनलाई  जीवनकै  बिधिमा  चलाउछ। यदि  तपाईले  यी    तीन  सिद्धान्तले  यस्तो  भन्यो  उस्तो  भन्यो  भनेर भनेको  सुन्नुभयो  भने  पनि  यो  मानिसको  आफ्नै  राय हो  र  त्यो  रायबाट तीन सिद्धान्त  बन्दैन। सोहि विश्वब्यापी  बुझाईले  तपाईलाई  केहि  फरक  गर्न , छोड्न ,अभ्यास  गराउन  या  पछी  लगाउन  सिकाउने  छैन। किनभने, सोहि  सिद्धान्त  कुनै वस्तु   नभएर सबै वस्तु  हो र सबै वस्तु  ठिक  छ र कुनै  अनुमती  बिहिन  छैन।

ब्यक्तिगत परीणाम

हामीले  पाच  वर्षदेखि  तीन सिद्धान्त  चित्रकलामा  मानवीय  कोशीसको  हरेक  क्षेत्र: नियन्त्रण गर्न नसकिने पैसा कमाउने सहकारी , लतले ग्रस्त समूह र जेल , लगाएत , भारतदेखि  दुबई  र  न्युजिल्यान्ड  सम्मको  विभिन्न  सांस्कृति  भएका  मान्छेसंग  बोलेर  चल्चित्र  रेकर्ड  बनाउदा  यो  कुरा  प्रस्ट  भयो  कि  हामी  सबै  एक  हौ – आफ्नो विविधतामा  एक हौ।

जीवन  कसरी  चल्छ  बुझेर  हामी  जीवन  कसरी  चल्दैन  भन्ने  गलत  सोचाईबाट  मुक्त  हुन्छौ  र  डर ,व्याकुल्ता,  क्रोध , तनाबलाई  छाडेर  माया , नम्रता  र  मानसिक  शान्ति  पाउने  गर्दछौ।  यो  बुझाई  मान्छेमा आउदै गरेको, विभन्न  मानिससंगको बार्तालापबाट  पुष्टि  भएको  छ।

तीन सिधान्त बुझाई    अनुसन्धानबाट  निस्किएको परिणाम 

-जस्तो परिस्थितिमा पनि ९० प्रतिशत शान्त बस्न सक्ने खुबीको प्रगती

-राम्रो  इच्छा र आदरणीय भावनाको ६३ प्रतिशत प्रगती

–  बिध्यालयमा  अनुपस्थित  हुने  ८० प्रतिशत गतीको कमी

-बिध्यालयबाट अनुशासनको कमिमा बिद्यार्थीलाई निकालिने गतीको ७५ प्रतिशत कम

– अभिभावको सहभागितामा २०० प्रतिशत को उन्नति

-हिंसात्मक अपराधको ६२ प्रतिशतको कमी

-मान्छेको हत्यामा १०० प्रतिशतको  कमी

-हमला, मारपिट, दुर्ब्यबहारमा ७४ प्रतिशतको कमी

– तनाब र कर्मथलोमा हुने अनुपस्थितको अर्थपूर्ण घटाऊ

यो कता नियुक्त गरिएको ?

– शिक्षा ( पहिलो श्रेणी र दोश्रो श्रेणीको बिध्यालयमा )

-कैदखाना र  झ्यालखाना

-सहकारी

–  लतले ग्रस्त समुह

-मानसिक रोगको चिकित्सा

– लडाईं दक्ष तथा पुनर्स्थापना

-समुदायहरु

– सरकारी सस्था

-स्वास्थ्य केन्द्र

-नितीगत थलो

-खेलकुद सम्पादन

अभिभावक र सम्बन्ध

असाधारण रुपमा साधारण रहेको  सत्य जसले सयौ र हजारौ  जवान , बुढा  हरेक पृष्ठभूमि र  संस्कृतिका मानिसलाई उकास्न मदत गर्न सफल भयो ,  सोहि सत्यप्रति यो SITE ले तपाईलाई  पहिलो  पाइला लिन  अथवा  दौडन मदत गर्नेछ ।